नियम २९ख
अन्त शुल्क टिकटको प्रयोग

(१) नेपाल भित्र उत्पादन तथा पैठारी हुने विभागले तोकेका अन्तशुल्क जन्य वस्तुमा विभागले तोकेको ढाँचाका अन्तशुल्क टिकट प्रयोग
गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रयोग गर्ने टिकट विभागले तोकेको प्रकृया बमोजिम टाँस गर्नुपर्नेछ ।